नागरिक आवाज संवाददाता
बेलौरी , पुस १६
कंचनपुरको बेलौरीमा नेपाली काँग्रेसले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप कार्यक्रमको अबसरमा बिचार गोष्ठीको आयोजना गरि मनाएको छ ।
देशमा लोकतान्त्रिक राज्य ब्यबस्था स्थापनाका लागि राष्ट्रिय शक्ति बीच एकता र मेलमिलाप गर्दै निरंकुश पंचायती राज अन्त्य गर्न जननायक बिपी कोइराला स्वदेश फर्केर आन्दोलनको सुरुआत गरेको दिनको स्मरण गर्दै नेपाली काँग्रेसले पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ ।
नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश ख को आयोजनामा शुक्रवार कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवानसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नेकपा एमाले , नेकपा माओवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए ।
प्रवासमा बसेर मुलुकमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन गर्नु भन्दा स्वदेशमै बसेर राष्ट्रिय शक्ति हरुका बिच एकता र सहकार्य गर्दै प्रजातन्त्र पुनःस्थापना सहज र मुलुकको राष्ट्रियताको रक्षा हुने भन्दै जननायक विशेश्वर प्रसाद कोइराला बिपीले आफुलाई निरंकुश शासकको जोखिम मोलेर आन्दोलनमा होमिन स्वदेश फर्किएको दिनको स्मरणमा काँग्रेसले देश भर कार्यक्रमको आयोजन गर्दै आएको छ ।
नेपाली काँग्रेस प्रदेश ख का सभापति चेतन राईको सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो ।
मा प्रकाशित