कञ्चनपुर, पाैष १७ । नेकपा एकिकृत समाजबादी पार्टी निकट नेपाल दलित मुक्ति सँगठन कञ्चनपुरकाे प्रथम भेला शनिवार सम्पन्न भएकाे छ ।
महेन्द्रनगरमा सम्पन्न भेलामा एकिकृत प्रमुख अतिथि समाजबादीका केन्द्रिय सदस्य माया पन्त रहनु भएकाे थियाे । कार्यक्रममा बाेल्दै अध्यक्ष पन्तले दलित माथि हुने गरेका दमन र छुवाछुतकाे अन्त्यका लागि अन्तर्राष्ट्रिय स्तरमा दलित समुदाय एकजुट भई बिद्राेह गर्नु पर्ने बतानु भयाे । २१ अाैँ शताब्दीमा पनि दलित समुदाय माथि शाेषण भईरकाले अब पनि चुप लागेर बस्न नसकिने उहाँले बताउनु भयाे । दलित समुदायलाई एकिकृत गर्दै जातिय छुवाछुत तथा दमनका बिरूद्ध एकजुट हुन अाग्रह समेत गर्नु भयाे ।
दलित भएका कारण राज्यकाे हरेक सेवा सुबिधा बाट बञ्चित हुनु परेकाले यसका बिरूद्ध अावज उठाउन जरूरी रहेकाे भेलामा उपस्थित सहभागीहरूले बताएका छन । नेपाल दलित मुक्ति सँगठन कञ्चनपुरका अध्यक्ष बिनाेद नेपालीकाे सभापतित्वमा भएकाे भेलामा प्रताप तिरूवा, गणेश धामी,श्याम सुनार, अार्पी सार्कि लगायतकाे सहभागिता रहेकाे थियाे ।
