- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सशस्त्र प्रहरीले पचास हजार रूपैया घुस लिएर तस्कर छाडेको अाराेप

मा प्रकाशित

पुनर्वास, २० पुस । कञ्चनपुरको पुनर्वासमा कार्यरत एक सशस्त्र प्रहरीका सई पचास हजार रूपैया घुस लिई तस्करलाई छाडेको खुलासा भएको छ ।
शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाईकलमा ल्याउदै गरेको हार्डवेयरको सामान सहित पक्राउ परेका भारतीय तस्कर मुन्ना गुप्तालाई बिओपी आपतालका प्रमुख सई विरेन्द्र चन्दले पचास हजार घुस लिएर छोडेको खुलासा भएको हो ।
सई चन्दले घुस लिएपछि राती नै तस्कर र मोटरसाईकललाई छाडेको सशस्त्र प्रहरी भित्रकै एक श्रोतबाट खुल्न आएको छ ।
चन्दले यति मात्रै हैन भारतीय बजार बसहीका कुखुरा तथा माछा व्यवसायीलाई पाँच लाख लगानी गरेर बिओपी आपतालको प्रमुखमा आएको र पहिलेको भन्दा राम्रो व्यवस्था हुनुपर्ने भन्दै भारतीय माछा व्यापारीसँग कुरा गरेको समेत खुलेको छ ।
शनिबार सामान नियन्त्रणमा लिएको विषयमा बुझ्न खोज्दा सई चन्दले फोन नै नउठाएर स्विच अफ गरेको बुझिएको छ । यस विषयमा सइ चन्दसँग सम्पर्क हुन नसके पछि पुनः कार्यालयकै सञ्चार शाखामा बुझ्दा सई चन्द बाहिर डियुटीमा रहेको बताए पनि उनी कार्यालय भित्रै रहेको बुझिएको छ । यस विषयमा पुनः आइतबार बुझ्न खोज्दा सइ चन्दले मालसामान नियन्त्रण गरेको तर तस्कर फरार हुँदा नियन्त्रण नगरेको दावी गरे ।
यसै विषयमा ३५ नम्बर गण शैलेश्वरीका सूचना अधिकारी डीएसपी प्रेमप्रसाद पाण्डेले मालसामान के र कति समातेको विषयमा आफुसँग अपडेट नभएको तर सञ्चारको जानकारी अनुसार नियन्त्रणमा लिएको मालसामान त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु