December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न पुनर्वास ९ मा जनचेतनामूलक कार्यक्रम

मा प्रकाशित

नागरिक आवाज
पुनर्वास , पुस २४
कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित पुनर्वासमा मानव ओसारपसार तथा बेचबिखन नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

वडा नम्बर ९ वडा कार्यालयले सीमा क्षेत्रका बस्तीहरुमा मानव ओसारपसार तथा बेचबिखन कार्य नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम सुरु गरेको हो ।
वडा स्तरीय मानवओसारपसार तथा बेचबिखन नियन्त्रण समितिले सीमावर्ती बिचफाँटामा जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।

समितिले शुक्रवार राष्ट्रिय माविका बिद्यार्थी , अभिवावक , शिक्षक र जनप्रतिनिधि हरु बिच मानव ओसारपसार र बेचबिखन नियन्त्रणका लागि समुदाय स्तरबाटै पहलको आबश्यकता रहेको बारे अन्तरक्रिया गरेको थियो ।
यस्तै शनिबार खुला नाकाहरुमा भारत जानेहरुको अनुमगन र मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण सम्बन्धी अनुगमन र जनचेतना मुलक जानकारी दिएको छ ।
सीमा क्षेत्रमा गरिएको कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद जैसी , वडा सदस्य आरती नेपाली , दानबहादुर सुनार , प्रहरी चौकी खड्डा कंकरका इन्चार्ज प्रहरी नायव निरीक्षक कर्णबहादुर रौले , शिक्षक नारायण प्रसाद अर्याल , भविश्वर अर्याल संस्था प्रतिनिधि बसुन्धरा बस्नेत लगायतको सहभागी रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु