April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाल विद्यालय कर्मचारी परिषद कंचनपुरको अध्यक्षमा इन्द्र सिह कार्की

मा प्रकाशित

 देब राज गिरि
कञ्चनपुर, पाैष २४ । नेपाल विद्यालय कर्मचारी परिषद कंचनपुरको अध्यक्षमा इन्द्र सिह कार्की चयन भएका छन ।

विद्यालय कर्मचारीको हकहितका लागि सधै तत्पर रहने बिश्वासका साथ आज भएको छैठो जिल्ला अधिबेशनले अध्यक्षमा इन्द्र सिह कार्कीलाई चयन गरेको हो । उपाध्यक्ष दामोदर सुबेदि, महिला उपाध्यक्ष टिकेश्वोरी भट्ट , सचिव महानन्द पाण्डेय, महिला सह सचिव हरि माया भण्डारी, कोषाध्यक्षमा मेख नाथ, सदस्यहरु हरि पाण्डे, गुरिलाल चौधरी पुनर्वासबाट, बेलौरीबाट हिरालाल चौधरी, लालझाडीबाट गोविन्द राना र रामबिलास राना, कृष्णपुरबाट करुणा बोहरा, शुक्लाफाटाबाट हरिस भट्ट, बेदकोटबाट प्रमानन्द जोशी, भिमदत्तबाट चन्दु बहादुर कुवर, महाकालीबाट नारद भट्टलाई सर्बसम्मत चयन गरिएको छ । त्यसै गरि छैठो जिल्ला अधिबेसनले लक्ष्मण भट्ट र कृष्ण बहादुर कुवरलाई केन्द्रिय प्रतिनिधिका रुपमा सर्बसम्मत चयन गरिएको छ ।

लक्ष्मणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा लोक बहादुर चन्द्को प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाल बिद्यालय कर्मचारी परिषदका सम्पुर्ण पदाधिकारी र कंचनपुरका ९ ओटै स्थानीय तहका बिद्यालय कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै चन्दले बिद्यालय कर्मचारीलाई सरकारले अपहेलना गरेकाले बिद्यालय कर्मचारी एक जुट भएर अघि बड्नु पर्नेमा जोड दिनु भएको छ । सभापतिको आसनबाट बोल्दै भट्टले अहिले वृद्धि भएर भएको न्युनतम तलबलाई पनि केही हद सम्म भएपनी हामी बिद्यालय कर्मचारीको जित हो । यो जितमा हामिले खुसी मन्ने वाला छैनौ । अझै हामिले पाउनु पर्ने काम अनुसारको तलब भत्ता पाउने गरि सबै कर्मचारी एक जुट भएर आन्दोलन गर्नु पर्ने आबश्यक छ सबैले साथ दिन अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुले अब चयन हुने समितिले कार्य अनुसारको तलब भत्ता उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्ने बिश्वास लिएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु