प्रकाश चन्द्र भट्ट
दार्चुला
नेपाल कम्युनिस्ट पार्टी (एमाले) दार्चुलामा सहमति हुन नसके पछि मतदान सुरु भएको छ ।
सोमबार बिहानै देखि मतदान गर्ने कार्यतालिका रहेपनि सहमतिको प्रयासस्वरुप ढिलोगरी मतदान सुरु भएको हो ।
एमाले दार्चुलाको नेतृत्वका लागि नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र ज्ञानेन्द्र घर्ति प्रतिष्पर्धामा छन् । उपाध्यक्षमा भने चरन सिंह बुढाथोकी निर्विरोध चयन भइसकेका छन् । सचिवमा गंगादत्त जोशी र शेर सिंह धामीको उम्मेदवारी रहेको छ ।
नेकपा एमाले दार्चुलामा उपसचिवमा ५ जना भिड्दैछन् । सो पदका लागि उमेश जोशी, खडक सिंह बडाल, चन्द्रा देवी कुँवर, दानी राम पार्की र धन बहादुुर कुँवर प्रतिष्पर्धामा छन् । यस्तै सदस्य खुला पदका लागि ३६ जनाको उम्मेदवारी परेको छ । जसमा १९ जना निर्वाचित हुनेछन् ।
५ जना सदस्य दलिततर्फ ११ जनाको उम्मेदवारी परेको छ । यस्तै भूगोलतर्फ दुुहुँ गाउँपालिकाको ३ जनाको लागि ५ जना, मालिकार्जुन गाउँपालिकाको ३ जनाको लागि १० जना, मार्माको ३ जनाको लागि ४ जना, लेकम ३ जनाको लागि ७ जना, महिलातर्फ २ पदका लागि ३ जना, शैल्यशिखर नगरपालिकाको ४ जनाको लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
ढिलो गरि मतदान भएकाले रातीसम्म मतदान जारी रहनेछ । अहिलेसम्म २ सय बढी मत खसेको जनाइएको छ । ७ सय ७६ मतदाता रहेका भएपनि ५ सयको हाराहारीमा मत खस्ने आँकलन गरिएको छ ।
