April 19, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पृथ्वी पशुपालन महिला सहकारीको साधारणसभा सम्पन्न

मा प्रकाशित

कञ्चनपुर
पुनर्वास नगरपालिका स्थित पृथ्वी पशुपालन महैला सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

११ सय ९७ जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थाले चालू आर्थिक वर्षमा ४ करोड ३३ लाखको कारोबार गरेको छ ।

कोभिडका कारण बेलाबेला लकडाउनको मार खेप्दै नागरिकको आर्थिक स्तर कमजोर बनिरहे पनि सहकारीले ९ लाख १२ हजार मुनाफा आर्जन गर्न सफल देखिएको छ ।

सहकारीको ३ करोड ३८ लाख ८४ हजारको सम्पत्ति रहेको प्रगती प्रतिवेदनमा जनाइएको छ ।
सहकारीकी अध्यक्ष निर्मला बिष्टको अध्यक्षतामा सम्पन्न नवौं वार्षिक साधारणसभामा केन्द्रिय दुग्ध सहकारी संघका संचालक समितिका सदस्य भरतबहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए ।

साधारणसभामा कोषाध्यक्ष भवानी रेग्मीले आर्थिक प्रतिवेदन र अध्यक्ष निर्मला बिष्टले प्रगती प्रतिवेदन पेश गरेको कार्यक्रमको संचालन ब्यबस्थापक पुष्पा रोकाया बिष्टले गरेकी थिइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु