April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पर्यटन मन्त्री आले चढेकाे गाडी कैलालीमा दुर्घटना

मा प्रकाशित

धनगढी
सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।
उनी चढेकाे गाडी कैलालीकाे गेटामा मंगलबार बेलुका दुर्घटना भएकाे हाे ।महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो । मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ नंम्बरकाे गाडीलाइ बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जाेशीले बताए । धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा मन्त्री आले चढेकाे गाडीलाइ सो गाडिले ठक्कर दिएको हो।
सडकमा हिडिरहेकाे गाईलाइ ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडीलाइ पनि ठक्कर दिएको प्रहरीले बताएको छ । मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् । ठक्कर दिने गाडीमा सवार सबै सकुसल रहेकाे प्रहरीले जनाएको छ । गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु