- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

एमाले अध्यक्ष डोबालसहित डेढ दर्जन बढी काँग्रेस प्रवेश

मा प्रकाशित

दार्चुला
नेपाली काँग्रेस प्रदेश सभा ‘क’ क्षेत्रीय कार्य समितिको कार्यालय उद्घाटन गरिएको छ । मंगलवार कानून न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले जिल्ला सदरमुकाम खलंगामा कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश भएका १९ जनालाई मन्त्री बडूले खादा र टीका लगाई पार्टीमा स्वागत गरेका छन् । नेकपा एमाले महाकाली नगरपालिका वडा नम्बर २ का वडा कमिटि अध्यक्ष बीर सिंह डोबालसहित १९ जनाले काँग्रेस पार्टी प्रवेश गरेको नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेमा झुपुर सिंह कार्की, उदय सिंह शाहू, अम्बिका सितोली, प्रमोद शाहू, राजमती कार्की, मनोज सिंह रैखोला, कृष्ण सिंह धामी, शान्ति धामी, सुना बुट्टी बोहरा, सृजना तिंकरी, सोनिका तिंकरी, नम्से तिंकरी, कृष्ण सिंह तिंकरी, केशब सिंह तिंकरी, प्रहलाद सिंह तिंकरी, आशा बुढाथोकी, उषा तिंकरी र अमित तिंकरी रहेका छन् ।

- विज्ञापन -

काँग्रेस प्रवेश गरेका डोबाल एमालेबाट २०५४ को स्थानीय निर्वाचनमा साविक काँटै गाविस अध्यक्ष तथा २०७४ सालको स्थानीय तहको चुनावमा एमालेको तर्फबाट उम्मेदवार बनि चुनाव लडेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु