April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

साना किसान कृषी सहकारी सँस्था त्रिभुवनबस्तीमा तालाबन्दी

मा प्रकाशित

पुनर्वास, पाैष २८ । अार्थिक अनियमितता गरेकाे भन्दै कञ्चनपुरकाे पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेकाे साना किसान सहकारी सँस्थामा सेयर सदस्यहरूले तालाबन्दी गरेका छन ।
सँस्थाका सञ्चालक समिति र पदाधिकारीहरूले भवन निर्माण तथा सामाग्री खरिदमा भ्रष्टाचार गरेकाे भन्दै बुधवार अनिश्चित कालका लागि सँस्थाकाे मुल गेटमै ताला लगाईएकाे हाे । सहकारीकाे माथिल्लाे तला थप गर्दा दरभाऊ बाेलपत्र(काेटेशन) अाह्वान नगरेकाे, बिल भरपाई सार्वजनिक नगरेकाे, नियम विपरीत भ्रमण भत्ता खाएकाे लगायत अार्थिक हिनामिना गरेकाे सेयर सदस्य पदम राेकायाले बताउनु भयाे ।
सञ्चालक समितिमा एउटै मान्छे लामाे कार्यकाल सम्म बसेकाे, धिताे मुल्याङ्कनकाे नाममा सञ्चालक समितिले सेयर सदस्यहरू बाट माेटाे रकम असुल्ने गरेकाे, एउटै सहकारीमा दुई जना प्रबन्धक राखेकाे सेयर सदस्यहरूले बताएका छन । भ्रष्टाचार गरेकाे भन्दै बिभिन्न समयमा सेयर सदस्यहरूले सहकारी सँस्थामा ताला बन्दी गर्दै अाएका छा । सराेकार वाला निकाय मार्फत अार्थिक अनियमितता गरेकाे उपर छानबिन नहुदा सम्म तालाबन्दी जारी रहने सेयर सदस्यहरुले बताएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु