कञ्चनपुर
पछिल्लो समय कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोमको संक्रमण फैलिए संगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुस २८ गते राति १२ बजे देखि लागू हुने गरि मेला , महोत्सव , भिडभाड , बिधालय सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सुचना जारी गरि सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने जनाएको छ ।
यसै गरी माघ ७ गतेदेखि अनिर्वाय रुपमा सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा प्रवेश गर्दा कोभिड खोप लगाएको हुनुपर्ने निर्णय गरिएको छ ।
२५ जना भन्दा बढी सहभागी हुने खालका कार्यक्रम गर्न पाइने छैन । विद्यालय सञ्चालन पनि गर्न पाइने छैन् ।’