March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेकपा एमाले कञ्चनपुरमा बिष्ट प्यानल विजयी

मा प्रकाशित

कञ्चनपुर, २८ पुस । नेकपा (एमाले) कञ्चनपुरको आठौँ अधिवेशनबाट जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र बिष्टको प्यानल नै निर्वाचित भएको छ । बुधबार राति सम्पन्न पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा सुरेन्द्र बिष्ट २८१ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १८३ मत मात्रै प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा निर्वाचित हुनु भएको छ । उहाँले २५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी महेश प्रसाद पन्तले २०५ मत मात्रै प्राप्त गर्नुभयो ।

आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुनु भएको छ । उहाँले सचिव पदका अर्का उम्मेदवार अशोक कुमार चन्दलाई ७ मतले पराजित गर्नु भएको हो । सचिवमा निर्वाचित पल्लवराज भट्टले २३३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी अशोक कुमार चन्दले २२६ मत प्राप्त गर्नुभएको छ । जिल्ला कमिटी उपसचिवमा ३४७ मत सहित कर्ण बहादुर चन्द र २९६ मत सहित फैरु तामाङ निर्वाचित हुनु भएको छ । प्रतिद्वन्द्वी शेर बहादुर चन्दले १९७ मत मात्रै प्राप्त गर्नुभएको छ । जम्मा ४९९ जना मतदाताहरू मध्ये ४७० जनाले मतदान गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु