March 28, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको मेडिकल क्षेत्रमा इटा थप्दै मुसिकोटका सागर

मा प्रकाशित

दीपेन्द्र बस्नेत
गुल्मी मुसिकोटमा जन्मिएका २८ वर्षिय युवा सागर केसी थुप्रै अवसरहरु लत्याउदै दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा रमाइरहेका छन ।

सन २०१५ मा बंगलादेश बाट चिकित्सा शिक्षा एमबीबीएस पूरा गरि कञ्चनपुरको पुनर्वासमा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आइ रहेका छन् ।
एमबीबीएस पढाइ पूरा गरेपछि सुगम र ठुला सहरहरुमा पाएको अबसर त्यागेर सागर हानिए कञ्चनपुरको पुनर्वासमा ।

जिल्लाको सदरमुकाम र कैलाली देखि टाढा रहेको पुनर्वासमा नियमित स्वास्थ्य सेवा दिने चिकित्सक उनी पहिलो हुन डाक्टर सागर ।

चार वर्ष अघि पुनर्वास पुगेका डाक्टर सागरले पुनर्वास पोलिक्लिनिक मार्फत विशेषज्ञ सेवा दिँदै आएका हुन । सामान्य स्वास्थ्य उपचारका लागि कैलालीको धनगढी र भारतीय अस्पताल धाउन बाध्य पुनर्वासका स्थानीयलाई डाक्टर सागरको आगमनले राहत पुगेको छ ।

सुरुमा पुनर्वास पोलिक्लिनिक मार्फत स्वास्थ्य सेवा दिँदै आएका डाक्टर सागर सहित प्रकाश तामाङ , महेन्द्रसिंह राना र रामभजन राना ३ जना स्थानीय युवाहरुको लगानी जुटाएर पुनर्वासको आइबिआरडीमा २५ शैयाको बि एन पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक्स सेन्टर स्थापना गरेका छन् ।

गुणस्तरीय र विशेषज्ञ सेवा अभाव रहेको पुनर्वासमा उनिहरुले १ करोडको लगानीमा बि एन पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक्स सेन्टर स्थापना गरेका हुन ।

२४ घण्टे आकस्मिक सेवा संगै प्रसुती रोग विशेषज्ञ सेवा , सर्जरी सेवा , बालरोग विशेषज्ञ सेवा , हाड जोर्नी रोग विशेषज्ञ , र अत्याधुनिक एक्सरे सेवा सहित उनीहरुले बि एन पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक्स सेन्टर सञ्चालनमा ल्याएका हुन ।

निकट भविष्यमै सिटि स्क्यान सेवा सञ्चालन गरि कञ्चनपुरका दक्षिणी क्षेत्रका जनतालाई सुलभ , स्तरीय सेवा सहज उपलब्ध गराउने तयारी रहेकोे डाक्टर केसी बताउँछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु