April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कोभिड अन्त्य हुने संकेत नदेखिएको डब्लुएचओको भनाइ

मा प्रकाशित

कञ्चनपुर
कोभिड महामारीको अन्त्य हुने संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम घिब्रिससले बताएकाछन ।

फ्रान्स, जर्मनी, ब्राजिल लगायतका देशमा कोभिड नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको यस्तो भनाई आएको हो ।

कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिड विरुद्धको बुस्टर डोज दिन थालेका छन् ।यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।

पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्र’ण दर तीव्र फैलिएको छ ।

ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै डब्लुएचओ प्रमुख घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् ।‘ औषतमा ओमिक्रोन कम घातक हुन सक्छ, तर यसको फैलने क्षमता तीव्र छ,’ उनले भने ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु