September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाल विद्यालय कर्मचारी परिषद पुनर्वासको अध्यक्षमा इन्द्र बहादुर पुजारा

मा प्रकाशित

कञ्चनपुर
पुनर्वास, माघ ०८ । नेपाल विद्यालय कर्मचारी परिषद पुनर्वास नगर कार्य समितिको अध्यक्षमा इन्द्र बहादुर पुजारा चयन भएका छन ।

विद्यालय कर्मचारीको हकहितका लागि सधै तत्पर रहने बिश्वासका साथ आज भएको अधिबेशनले अध्यक्षमा इन्द्र बहादुर पुजारालाई चयन गरेको हो । उपाध्यक्ष दिपक एस. के., महिला उपाध्यक्ष कंचन तामाङ, सचिव देब राज गिरि, महिला सह सचिव हेमा बुढा, कोषाध्यक्षमा टेक बहादुर चौधरी, सदस्यहरु नरेश रोकाया, किशोर पाण्डे, बेमाया तामाङ, लाल बहादुर पुजारा, बुद्धिराम चौधरी, पुष्पा कुवर, कमल राना, वीर बहादुर एस.के. र तुलसी एस. के.लाई सर्बसम्मत चयन गरिएको छ ।

मनि कुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बिद्यालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष जोगिलाल चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाल बिद्यालय कर्मचारी परिषद कंचनपुरका जिल्ला अध्यक्ष इन्द्र सिंह कार्की, उपाध्यक्ष दामोदर सुवेदी, सचीव महानन्द पाण्डेय विशिष्ट अतिथिमा रहनु भएको थियो ।

पुनर्वास नगरपालिका भरिका बिद्यालय कर्मचारीहरुको सहभागिता रहेको नगर अधिबेशनले पुनर्वास नगरपालिकामा लामो समय बिद्यालय कर्मचारीमा रहि सेवा निबृत हुनु भएका ५ जना कर्मचारीलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेको छ । सम्मानित हुनु हुनेमा होमनाथ चापागाईं, गजेन्द्र केशरी अधिकारी, हरि राना, अक्कल बहादुर डिम्डुङ र पदम बहादुर कुवर रहेका छन ।

प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले बिद्यालय कर्मचारीलाई सरकारले त्यही बिद्यालय बाट पडेर सचीव उप सचिव भए पनि त्यही बिद्यालयमा बिद्यालय कर्मचारी पनि छन भनेर थाहा नहुनु लाज मर्दो भएको बताउनु भयो त्यसैले हाम्रा हक हितका लागि हामी एक जुट भएर अघि बड्नु पर्नेमा जोड दिनु भएको छ ।

त्यसै गरि अतिथिको आसनबाट बोल्दै कार्कीले नयाँ चयन भएको समितिले पुनर्वासका बिद्यालय कर्मचारीका हितमा काम गर्ने छ र काम गर्दै जादा जिल्ला समितिका पदाधिकारीको आवश्यक परे हामी जिल्लाबाट कोहि न कोहि सधै तपाइँको साथमा रहेका छौ ।

  • त्यसै गरि सभापतिको आसनबाट बोल्दै तामाङले अझै पनि पुनर्वासका बिद्यालय कर्मचारीले पाउनु पर्ने काम अनुसारको तलब भत्ता पाउन नसकेकाले अब बन्ने नयाँ समितिले यसलाइ समेटेर अघि बढनु पर्नेमा जोड दिनु भयो ।देव राज गिरिको स्वागत मन्तव्यबाट सुरु भएको नगर अधिबेशन कार्यक्रमको संचालन दिपक एस.के ले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित कर्मचारीहरुले अब चयन हुने समितिले कार्य अनुसारको तलब भत्ता उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्ने बिश्वास लिएका छन ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु