जमुना न्युरे,
धनगढी ,१० माघ ।
कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा न १ पूर्व लम्कीमा रहेको महिला जागरण सामुदायिक वनका महिलाहरू दिगो बन व्यवस्थापनमा जुटेका छन् ।
सामुदायिक वन निर्माणका बनाउनका लागि लम्कीमा महिलाहरूलाई निकै चुनौतीको सामना गरेको सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जल्पा देवी बिस्टले बताइन् ।सामुदायिक वन संरक्षण र दर्ता गर्न का लागि चुनौती भोगेका महिला ग्रामीण क्षेत्रका महिलाहरूलाई नेपाल सरकारले ल्याएको २०७० वैज्ञानिक बन व्यवस्थापन कार्यनीति र दिगो बन व्यवस्थापन गर्नका लागि फलामका चिउरा चपाउनु सरह भएको र उनीहरूलाई वैज्ञानिक वन व्यवस्थापन गर्दा अख्तियार सम्म धाउनु परेको समूहकी सचिव मिना तिमिल्सिनाले बताइन् ।
नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७० पछिल्लो समयमा खारेज गरेको छ तर पनि समूहका महिलाहरू भने बनमा नियमित रूपमा संरक्षण का क्रियाकलाप गरी रहेका अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेश अवलोकन गर्न गर्दा उनीहरू बिरुवा गोडमेल, झाडी सफाइ , खरकाटाइमा व्यस्त रहेका थिए ।
समितिको उपस्थिति देखेर आफूलाई बिना खबर समूहमा देख्दा दङ्ग परेको समूहकी उपभोक्ता सीता तिमिल्सिना बताउँछिन् ।
त्यसै पनि महिलाहरूले संरक्षण गरिएको बनमा बढी समस्या ल्याउने गरेको समाजले दिगो बन व्यवस्थापन का लागि समुदाय स्तर बाट धेरै चुनौती को सामना गरिएको उनको भनाई छ । वैज्ञानिक बन व्यवस्थापन गर्दा अन्य सामुदायिक बन बाट ल्याएर सालका फुल पहिलो पलटमा बीउ रोपेर वृक्षारोपण गरेको हो । अहिले तिनै सालका बिरुवा उम्रेको ठाउँमा खरकटाइ , गोडमेल ,र झाडी सफाइ कार्यमा व्यस्त रहेको अध्यक्ष विष्टले बताइन् ।
समूहका कोषाध्यक्ष नरपता साहीले भदौमा गरिएको वृक्षारोपण रोपण बाट भएका बिरुवा आजभोलि गोडमेल , झाडी सफाइ , साल ,जामुन ,साज , लगायतका बिरुवा लगाइरहेको बताइन् । यता सब डिभिजन बन कार्यालयका प्रमुख साह्ययक बन अधिकृत सोम घलानले पनि पानीकै कारण बिरुवा नमरोस् भनेर समय समयमा पानी हाल्ने कार्य र गोडमेल कार्य गरिरहेका बताए । बनमा नियमित चोरी पैठारी रोक्न ,चरिचरण रोक्नका लागि महिलाहरू पनि गस्ती जाने गरेका छन् ।
नेपाल अहिले तेस्रो चरणको कोरोना को कारणले सबै क्षेत्रमाभयर प्रभावित भयको बेला बन क्षेत्र पनि त्यो बाट अछुतो रहेको छैन तर पनि लम्की महिला जागरण सामुदायिक बनका महिलाहरूले यो समयलाई सामुदायिक बन मा वृक्षारोपण रोपण , तिनीहरू को स्याहार सम्भार , चोरी पैठारी रोक्न नियमित गस्तीमा गरेर बनको संरक्षणमा जुट्ने काम भइरहेको स्थानीय उपभोक्ता माया बिकले बताइन् ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेश समिति महिला समूहले गरेको कार्य देखेर प्रशंसा समेत गरेको छ ।समितिका सदस्य माननीय महेश दत्त जोशीले जसरी बन व्यवस्थापनमा राम्रो उदाहरणीय कार्य गरेको छ त्यसरी नै आर्थिक पारदर्शिता , सुशासन , जीविकोपार्जन मा पनि काम गर्नु पर्ने सुझाव दिइन् ।
- विज्ञापन -