September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास हाट बजारको जग्गा व्यक्तिको नाममा

मा प्रकाशित

कञ्चनपुर ,माघ १० । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको पुनर्वास हाट बजारको जग्गा व्यक्तिको नाममा पास गरिएको खुलासा भएको छ । हाटबजारले २०५८ सालमा ग्रामीण आवास कम्पनीसंग १ लाख ७५ हजार ४ सय तिर्ने गरी १७ कट्टा जमिन लिएको थियो ।

तर अहिले ८ कट्टा जमिन हाट बजार समितिका अध्यक्ष हर्क बहादुर थापाका लगायतका अन्य व्यक्तिहरुको नाममा पुगेको पाईएको छ । सरकारी सम्पति व्यक्तिको नाममा पुगेपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन् ।

उनिहरुले बिक्री भएको जग्गा हाट बजारकै नाममा फिर्ता हुनुपर्ने माग गरेका छन् । बदनियत रुपले सरकारी जमिन हडप्ने काम गरिएको छ यसलाई पुनः हाटबजारकै स्वामित्वमा ल्याउनु पर्ने स्थानीय राजकुमार श्रेष्ठले बताए । हाटबजारको नामको जमिन समितिका ब्यक्तिहरुले गलत नियतले कानुन र प्रक्रियामै जालसाजी गरि आफ्नो नाममा बनाएकोले उक्त कार्यलाई बदर गराइ हाटबजारकै स्वामित्वमा ल्याउन सम्बन्धित सरोकारवालाले पहल गर्नु पर्ने स्थानीय मेनुका उप्रेतीले बताइन् ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले भने हाट बजारको जमिन जुन प्रयोजनका लागि लिईएको हो त्यहि हुनुपर्ने दावी गर्दै आईरहेका छन् ।

तत्कालिन त्रिभुवन गाविसको अध्यक्ष रहेका बेला आफैले हाट बजारको लागि सो जग्गा सिफरिस गर्न दिएको बताउँदै थापाले अहिले भने समितिले गैर कानुनी काम गरिरहेको बताए । उनले पहिलो बिधानमा हाट बजारको लागि भनिएपनि पछि बिधान शशोधन गरेर त्यो कार्य गरेको र आफुलाई त्यसबारे जानकारी समेत नगराएको नगरप्रमुख थापाले बताए ।

यता हाट बजार समितिका अध्यक्ष थापाले भने पहिलो साधारण शभाबाटै कम्पनीको पैसा कसरी तिर्ने भन्ने बिषयमा सम्पुर्ण समितिका सदस्यहरुसंगको छलफलबाटै सो जग्गा बिक्रि गरेकोे बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु