September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

देशभरीकाे सँक्षिप्त खबर

मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भोजपुर, १७ माघ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रसाद राई गाउँपालिका-३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पदमले ती किशोरीलाई भोजपुर नगरपालिका-७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिङ्गो खेलिरहेको अवस्थामा ७४ जना पक्राउ
काठमाडौं, १७ माघ
काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जना पक्राउ
बारा, १७ माघ
प्रसौनी गाउँपालिका-२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-१ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका-४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् ।
उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर र सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र लुकाई राखेको ६ किलोग्राम अवैध लागूऔषध गाँजा समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु 
काठमाडौं, १७ माघ
काठमाडौं महानगरपालिका-७ मित्रपार्क ओरालोस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुषको हाल नम्बर नखुलेको गाडीको ठक्करबाट आइतबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने केटाहरु आपसमा झगडा गर्दा उक्त पुरुष सडकबाट तल खसी गाडीले ठक्कर दिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उपचारको लागि नेपाल भारत जनमैत्री अस्पताल मित्रपार्क पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । झगडामा संलग्न २ जनालाई नियन्त्रणमा लिएर हाल फरार ठक्कर दिने गाडीको प्रहरीले खोजी गरिरहेको छ ।
प्युठान, माण्डबी गाउँपालिका-३ स्याउलीघारीस्थित सडकमा रा.५ प ६८८६ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना.४ ख ३९९६ नम्बरको बसलाई देखि आफैं अनियन्त्रित भई सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका माझिबांङ बस्ने १७ वर्षीय किरण खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-३ स्थित सडकमा से.७ प ७१७६ नम्बरको स्कुटर आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु   
बारा, १७ माघ
जितपुर सिमरा उपमहानगरपालिका-१७ जैतापुर घर भएका रामाकान्त यादबको छोरा ५ वर्षीय बिबेक यादबको आइतबार बेलुकी डुबेर मृत्यु भएको छ ।
निजगढ नगरपालिका-७ लिचिटोलस्थित धाराको पानी जम्मा गर्न खनेको खाल्डो नजिक खेल्ने क्रममा अचानक उक्त खाल्डोमा डुबेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला   
काठमाडौं, १७ माघ
सर्लाही, बागमती नगरपालिका-३ धरहरास्थित उखुबारीमा सोही ठाउँ बसी ज्याला मजदुरीको काम गर्ने भारत घर भएका ३५ वर्षीय पवन राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम, मेल्लख गाउँपालिका-२ डाँडासिरी खार्पाटा रातामोला खोला नजिक सोही गाउँपालिका सानखेत बस्ने ३४ वर्षीय हंश बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, राजबिराज नगरपालिका-८ भलुवाही खोलामा माटोको बोराले थिची राखेको अवस्थामा आइतबार नवजात शिशुको शव फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल लुटपाट   
बाँके, १७ माघ
खजुरा गाउँपालिका-४ ‘डी’ गाउँ बस्ने हरी प्रशाद बिकको घरबाट ३ तोला बराबरका ४ थान सुनको सिक्री, आधा तोला बराबरको १ थान सुनको मुन्द्रा, विभिन्न कम्पनीको ३ थान मोबाईल, नगद ३० हजार रुपैयाँ र भे.९ प ४ नम्बरको मोटरसाइकल सोमबार बिहान लुटपाट भएको छ ।
अपरिचित ४ जना व्यक्तिहरु धारिलो हतियार खुकुरी सहित आई उनको घरमा रहेको उक्त धनमालहरू लुटेर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी   
काठमाडौं, १७ माघ
बुढानिलकण्ठ नगरपालिका-९ रुद्रमती चोक डेरा गरी बस्ने अनिता नकर्मीको कोठाबाट सुनका विभिन्न गहना तथा नगद ८० हजार रुपैयाँ गरी करिब ४ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।
चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल जलेर नष्ट   
काठमाडौं, १७ माघ
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ तावचास्थित सडक मर्मतको काम गरिरहेको नर्वदा निर्माण सेवा बराहक्षेत्रको को.१ क १६१५ नम्बरको जेसिबी स्काभेटरमा ईन्जिनबाट आगो सल्किएर आइतबार दिउँसो आगलागी हुँदा स्काभेटर जलेर नष्ट भएको छ ।
बाजुरा, खप्तड छेडेदह गाउँपालिका-३ पुडाबाब्ला माल्टाबजारस्थित शेर बहादुर रावतको फेन्सी पसलमा सोमबार बिहान आगलागी भएको छ । उक्त पसलमा लागेको आगो सोही ठाउँस्थित लोकेस रावतको फेन्सी पसल, भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाई कटाई पसल समेतमा फैलिएर ४ वटै पसलहरू पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ ।
स्थानीयवासी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    श्रोत:- केन्द्रिय प्रहरी समाचार कक्ष
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु