April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

महिलाको गेट अपमा बाथरुम छिरेपछी ऋषि कपुर

मा प्रकाशित

 

 

बलिउडका पर्दामा जति रोचक कथा दर्शकलाई देखाइन्छ, त्यति नै रोचक कथा र किस्सा पर्दा पछाडि बनिरहेका हुन्छन् । फिल्मको सुटिङ गरिरहँदा, गीत रेकर्ड भइरहँदा यस्ता कैयौं किस्सा बन्छन्, जुन सुन्दा अथवा पढ्दा जोकोही रोमाञ्चित हुन्छन् ।

सन् सत्तरीको दशकको लोकप्रिय अभिनेतामा ऋषि कपुरको नाम छुट्दैन थियो । उनी बलिउडमा चकलेटी र रोमान्टिक हिरोको रुपमा चित्रित थिए । उनले आफ्नो जीवनमा प्रेमीदेखि लिएर पितासम्मको कैयौं भूमिका निर्वाह गरे ।

फिल्म ‘रफू चक्कर’को सुटिङमा एउटा यस्तै मजेदार किस्सा भएको थियो । त्यो समयमा ऋषि युवतीको गेटअपमा महिलाको बाथरुममा पसेका थिए ।

सत्तरीको दशकमा पुरुष कलाकारलाई महिलाको गेटअपमा देखाउनु सामान्य कुरा थिएन । तर कलाकार हुनुको नाताले ऋषिले यो सोचाईलाई तोडे र एक चकलेटी ब्वाई र माचो मेनको छविबाट पछाडि हटेर युवतीको भूमिका निर्वाह गरे । जसले यो फिल्म हेरेको छ, उनीहरुले ऋषिको युवतीवाला गेटअपलाई अवश्य सम्झिएका छन् । यो फिल्मको अधिकांश दृश्यमा ऋषिलाई युवतीकै गेटअपमा देख्न पाइन्छ ।

ऋषि कश्मीरमा एक दृश्यको सुटिङका क्रममा उनलाई बाथरुम जानु थियो । उनी सुटिङका लागि पूर्ण गेटअपमा नै थिए । उनले युवतीको कपडा लिएका थिए । पुरुष भएर महिलाको बाथरुममा जान समस्या भएपछि उनले आफूलाई युवतीको गेटअपमा ढालेर पुरुषको बाथरुममा जाने निर्णय लिए ।

जसै ऋषि बाथरुममा पसे, त्यहाँ रहेका दुई विदेशी उनलाई देखेर छक्क परे र लजाउदै त्यहाँबाट बाहिर निस्केर भागे । केही समयपछि ती दुई विदेशीले उक्त महिला अर्थात् ऋषि कपुरलाई निकै खोजे । तर जब उनीहरुले ऋषिलाई सुटिङ गरिरहेको अवस्थामा देखे, त्यतिबेला मात्र उनीहरुले ऋषि भारतको प्रख्यात कलाकार हो भन्ने थाहा पाए । अमर उजालाबाट

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु