September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भारतीय श्वर सम्राज्ञी लता मंगेशकरको निधन

मा प्रकाशित

 

मुंबई : आफ्नो सुरीलो आवाजले देश-बिदेशमा दशकों सम्म राज गर्दै आएकी गायिका श्वर-साम्राज्ञी लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

‘भारत रत्‍न’ बाट सम्‍मानित भारतीय गायिका मंगेशकरको ९२ वर्षको उमेरमा मुंबई को ब्रीच कैंडी अस्‍पतालमा निधन भएको हो।

‘भारत की नाइटिंगेल’ का नामले प्रख्यात गायिका लता मंगेशकरले झन्डै पांच दशक सम्म हिंदी सिनेमा में गायिकाका रुपमा एकछत्र राज गरेकी थिइन ।

भारतीय सिनेमा की उत्कृष्ट गायिका मध्य मानिने लता मंगेशकरले १९४२ मा १३ वर्षको उमेर देखि गायन क्षेत्रमा कदम राखेकी थिइन । उनले थुप्रै भाषामा ३० हजार भन्दा बढी गित गाएकी थिइन ।

लतालाई भारतको ‘सुर साम्राज्ञी’ का रुपमा चिनिन्छ । उनलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न बाट बिभुषित गरिएको थियो । यस बाहेक पद्म भूषण, पद्म विभूषण र दादा साहेब फाल्के पुरस्कार बाट समेत सम्मानित गरिएको थियो ।

जनवरीमा कोरोना पोजिटिभ भएकी मंगेशकरलाई मुंबईको ब्रीच कैंडी अस्पतालमा भर्ना गरिएको थियो । उनी न्यूमोनिया बाट ग्रसित देखिएको थिइन । ५ फरवरीदेखि उनको स्वास्थ्य स्थिति बिग्रदै गए पछि उनलाई भेल्टिलेटरमा राखेर उपचार गरिरहे पनि उनलाई जोगाउन नसकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु