- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

मा प्रकाशित

कञ्चनपुर , २६ माघ
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।
काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित सडकमा बा.१७ च ५०२२ नम्बरको कारको ठक्करबाट बाटोमा खेल्दै गरेका अन्दाजी ३ वर्षीय श्रीयन पाण्डेको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको कोशी गाउँपालिका-६ स्थित सडकमा सवारी दुर्घटनामा परी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ बस्ने ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको छ ।

- विज्ञापन -

उनी सवार प्र२-०१-००१ च ००३१ नम्बरको स्कारपियो सडकमा रोकी राखेको बीआर ०१ जीए ४४८३ नम्बरको ट्रकमा ठक्कर खाई ना.७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका दिलिपको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा भोटेक्याम्पस्थित सडकमा ग.१ ज ५०५६ नम्बरको जिप र ग.६ प ८८०२ नम्बरको मटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका- ५ प्रस्याङ धारापानी मार्ग बस्न अन्नपूर्ण गाउँपालिका-१० धान्द्रुक घर भएका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका-१ बगर बस्ने गुल्मी घर भएका २२ वर्षीय सुनिल नेपालीको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु