April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दार्चुलामा नेपाल-भारत सीमा नाका बन्द हुँदै

मा प्रकाशित

प्रकाश चन्द्र भट्ट
दार्चुला
पश्चिमी नेपालको सिमान्त भारतीय राज्य उत्तराखण्डमा फेब्रुअरी १४ तारेखमा विधानसभा निर्वाचन हुने भएकाले सुरक्षाका लागि दार्चुुलाका नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।

भारतको उत्तराखण्डमा हुने चुनावलाई लक्षित गरी यहि माघ २८ गते शुक्रवारदेखि फागुन २ गते सोमवारसम्म सीमानाका बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
बिहीवार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले एक सूचना जारी गर्दै नेपाल–भारत जोड्ने सबै सीमापुल माघ २८ देखि फागुन २ गतेसम्म बन्द रहने जनाएको छ ।

नेपाल–भारत जोड्ने दार्चुलाका ६ वटा सीमा पुल रहेका छन् । नेपाल र भारतमा हुने गरेका हरेक निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी सहमतिमा सीमा नाका सिल गर्ने गरिन्छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु