April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बालुवा निकाल्ने क्रममा महाकाली नदीमा फसेकी महिलाको उद्धार

मा प्रकाशित

प्रकाश चन्द्र भट्ट
दार्चुला
महाकाली नदीमा फसेकी एक महिलाको उद्धार गरिएको छ ।

बालुवा निकाल्ने क्रममा एक्कासी पानीको सतह बढ्दा नदीमा फसेकी महिलालाई प्रहरीको टोलीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माका अनुसार महाकाली नगरपालिका–५ की २४ वर्षिया लिला ओडलाई उद्धार गरिएको हो । ओड बिहानै महाकाली नगरपालिका–५ गल्फै क्षेत्रको नदी किनारमा बालुवा निकाल्न गएकी थिइन् ।

‘नदीमा पानीको बहाव एकाएक बढेर उनी बीचमा फसेकी थिइन्, स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी टोली गएर उनलाई सकुशल उद्धार गरिएको हो,’ सूचना अधिकारी विश्वकर्माले भने । ओडको उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको तथा अवस्था सामान्य रहेको बताइएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु