December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नयाँ प्रबिधि मार्फत आलु खेती गरेर मनग्य आम्दानी गर्दै कञ्चनपुरका आसरे बडायक

मा प्रकाशित

जुद्ध चाैधरी
कञ्चनपुर, फागुन ०४ । कञ्चनपुरका आसरे राम बडायकले नयाँ प्रबिधि मार्फत आलु खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन । जिल्लाकाे बेलाैरी नगरपालिका ६ हात्ति बाेझाका ३७ बर्षिय आसरे राम बडायक बिगत ५ बर्ष देखि उुखु सँग सँगै एउटै जमिनमा ब्यवसायिक रूपमा आलु खेती गर्दै आएका छन ।
          बडायककाे घरमा ८ जनाकाे परिवार छ । घर खर्च देखि छाेराछाेरीकाे अध्ययन खर्च यसै आलु र उखु खेती बाटै चल्ने गर्छ । उनी आफु मात्र आत्म निर्भर भएका छैनन । उनले १०/१५ जनालाई समेत राेजगारी दिएका छन ।  ३ बिघा आफ्नाे निजि र ढाई बिघा जग्गा भाडामा लिएर आलु खेती गरिरहेका उनी बार्षिक २० देखि २५ लाख सम्म आम्दानी गर्छन ।
      बेलाैरीमा रहेकाे महाकाली सुगर मीलले उखु सँगै आलु खेती  गरेर आम्दानी बढाउन सकिन्छ भन्ने प्राबिधिक तालिम दिए पछि आफु आलु खेती तर्फ आकर्षित भएकाे उनी बताउछन । यसरी खेती गर्दा लागत खर्च घट्न जान्छ । आलु नगदे बाली भएकाले ३ महिनामै उत्पादन लिन सकिन्छ । आलुकाे हरियाे बाेट उखुका लागि मलकाे रुपमा काम गर्ने गर्दछ । याे प्रबिधि बाट आलु खेती गर्दा प्रति बिघा १२० देखि १५० क्विन्टल आलु उत्पादन हुने उनकाे अनुभव छ ।
 
          बिबिएस सम्म अध्ययन गरेका आसरे राम जिल्लामै उत्कृष्ट किसानकाे रूपमा स्थापित भएका छन । उनले आफु सँग भएका ज्ञान र अनुभव सहपाठी कृषकहरूलाई पनि बाँड्ने गर्छन । उखु खेती सँगै आलु खेती गर्ने तरिका साथीभाईहरू लाई पनि सिकाउने गरेकाे उनी बताउछन ।
       कृषी ज्ञान केन्द्र कञ्चनपुरले यस बर्ष आलुकाे बिऊमा ५०% अनुदान दिए पछि ६ बिघामा आलु खेती गरेका छन । स्थानिय थारू जातकाे आलु खानमा स्वादिष्ट हुनुका साथै यसकाे भण्डारण क्षमता पनि अन्य जातकाे आलु भन्दा बढी हुने गर्छ । यसकाे दानाकाे आकार सानाे भएता पनि एउटै बाेटमा १ किलाे सम्म उत्पादन हुने गर्छ । नयाँ प्रबिधि मार्फत गरिएकाे आलु अबकाे १५/२० दिनमा भित्र्याउन तयार हुने आसरे राम बडायक बताउछन ।
   यसरी नयाँ प्रबिधि प्रयाेग गरी ब्यवसायीक रूपमा खेती गर्न सके आफु आत्मनिर्भर हुनुका साथै देशकै अर्थतन्त्रमा ठुलाे टेवा पुग्ने देखिन्छ ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु