पुनर्वास फागुन ४
कञ्चनपुरको पुनर्वासमा युवाहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध जुलुस प्रदर्शन गरेका छन ।
सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाइ रहेका बेला पुनर्वासमा पनि विरोध गरिएको हो ।
बिरोधमा टायर बालेर सरकार विरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।
बुधवार बिहान युवा सामाजिक अभियन्ता हिमेश थापाको नेतृत्वमा रहेको एक युवा समूहले आई.बि.आर.डी. बजारमा टायर बालेर राष्ट्रघाती दलालहरू होसियार, रिजेक्ट एमसीसी, हाम्रो देश प्राण भन्दा प्यारो छ, एमसीसी पास गर्ने सरकार चाहिँदैन जस्ता नारा लगाउँदै नेपाल बन्दलाई समर्थन जनाएका थिए ।
