March 28, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा इन्स्पेक्टर “कमल”का १६ महिना: लागू औषध कारोबारका २८ मुद्दामा ६७ जना पक्राउ

मा प्रकाशित

 

बेलौरी फागुन ८
कञ्चनपुरको दक्षिणी क्षेत्रमा लागू औषध कारोवारीहरुको ट्रान्जिट हव बन्दै गएको बेलौरी बाट प्रहरीले एक बर्षको अवधिमा लागू औषधका २८ वटा मुद्दा दर्ता गरेको छ ।

१६ महिना अघि ईलाका प्रहरी कार्यालयमा प्रहरीको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक कमल कुमार खड्काले लागू औषध ओसारपसार नियन्त्रणमा सक्रियता बढाए पछि ६७ जना लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरी सफल बनेको हो ।

चालू आर्थिक वर्षको सात महिना ३६.८६ ग्राम लागू औषध ब्राउन सुगर प्रहरीले बेलौरीका विभिन्न स्थानबाट बरामद गर्न सफल भएको छ । गत वर्ष बेलौरीका विभिन्न स्थानहरुबाट २.८० ग्राम मात्रै लागू औषध ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो ।

सुदूरपश्चिमका अन्य जिल्लाहरुमा लागू औषध सप्लाई हुन सक्ने सम्भावनालाई अध्ययन गरि बेलौरीका विभिन्न सीमा क्षेत्रहरुमा गस्ती , चेक जाँच बढाए पछि ब्राउन सुगर सहित अन्य लागू औषध बरामद गर्न सफलता मिलेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खडकाले बताए ।

लागू औषध नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गरेको प्रहरीले चोरीका घटनाहरुमा संग्लग्न रहेका हरुलाई पनि पक्राउ गर्न सफल देखिएको छ ।

यस्तै चालू आर्थिक वर्षको साउन देखि फागुन ५ गते सम्म बेलौरीका विभिन्न सीमा नाकाहरुबाट ९ लाख १६ हजार ४५० रुपैया बराबरको राजस्व छलिको माल सामान बरामद गरि भन्सार कार्यालय पठाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु