April 25, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरकाे पुनर्वासमा हात्ती मृत अवस्थामा फेला

मा प्रकाशित

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको पुनर्वासमा जँगली हात्ती मृत फेला परेकाे छ । बुधवार पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हाे । शनिबार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएपछि प्राकृतिक वासस्थान लालझाडी बन क्षेत्रमा फर्काउन बन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उक्त दिनभर प्रयास गरेपनि उखु खेत भित्र पसेको जङ्गली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको हो ।

जङ्गली हात्ती सोही क्षेत्रमा मृत अवस्थामा फेला परेपछि बन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुन सक्ने अनुमान गरिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु