पुनर्वास , फागुन १२
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मर्यादित र संगठित बनेर एक जुट बन्न कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका नेता दिवान सिंह बिष्टले निर्देशन दिएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क द्वारा आयोजित नेपाली काँग्रेसको घरघर जाऔं काँग्रेस जिताऔं अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले भने-आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई बिजयी गराउन एक जुट भएर लाग्नु पर्ने बताए ।
पार्टीका कार्यकर्ताहरु अनुशासित बन्न आबश्यक रहेको नेता बिष्टले बताए । महाधिवेशनबाट निर्वाचित वडा , नगर , प्रदेश , क्षेत्र , जिल्ला र माथिल्ला समितिहरुले निर्धारण गरेको नीति , कार्यक्रमको उलंघन कार्यकर्ताले गर्न नहुने नेता बिष्टले बताए ।
भकुन्डा स्थित कालेश्वर महादेव मन्दिरको सभा कक्षमा आयोजित कार्यक्रममा बोल्दै नेता बिष्टले भने -पार्टीको नीति , कार्यक्रम बिरुद्ध लागेर पार्टी र संगठन कमजोर पार्ने अभियानमा संलग्न जो सुकैलाई पार्टीले अनुशासनको कारवाही हुन्छ तर्सथ अनुशासित र मर्यादित बन्न कार्यकर्तालाई निर्देशन दिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ नेपाली काँग्रेस प्रदेश क का सभापति मानबहादुर रोकायाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता दिवानसिंह बिष्ट रहेका थिए । कार्यक्रमलाई प्रदेश क का सचिव दिपक कुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।