नागरिक संवाददाता/
बेलाैरी, फागुन १८ । कञ्चनपुरकाे लालझाडीकाे चान्देउ बाट चाेरी भएकाे माेटरसाईकल सहित दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ । बुधवार चाेरीकाे माेटरसाईकल सहित भिमदत्त न.पा. २ उल्टाखामका २० बर्षिय प्रबेश जाेशी र बेल्डाँडी गा.पा. १ का हर्क निराैला पक्राउ परेका हुन ।
लालझाडी गाउँपालिका चान्देउका शिबभक्त मिश्रकाे सु.प.प्र. ०२-००३- प३६३६ नम्बरकाे माेटरसाई चाेरी भएकाे थियाे । चाेरी भएकाे उजुरी पछि तत्काल खाेजी कार्यमा लागेकाे प्रहरीले चान्देउ बजारमा माेटरसाईकलमा पेट्राेल हालिरहेकाे अवस्थामा माेटरसाईकल सहित दुईजनालाई पक्राउ गरेकाे थियाे । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय बेलाैरीमा राखि थप अनुसन्धान भईरहेकाे प्रहरी निरिक्षक कमल कुमार खड्काले बताए ।
