March 29, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस कैलाली अधिवेशन : सभापतिमा बमलाई समर्थन गर्ने कोईराला समुहको घोषणा

मा प्रकाशित

धनगढी , फागुन १८
कैलालीमा नेपाली काँग्रेसको सभापति चयनका लागी दोस्रो चरणको निर्वाचनमा डा शेखर कोइराला समुहले प्रकाश बमलाई समर्थन गर्ने घोषणा गरेको छ ।
कोईराला समुहबाट काँग्रेस कैलालीको सभापतिका उम्मेदवार रामबहादुर कलेलले आज पत्रकार सम्मेलन गरि आफू र आफ्नो समुहले बमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेका छन्।

आइतबार भएको पहिलो चरणको निर्वाचनबाट सभापति पदका उम्मेदवारको ५० प्रतिशत मत नआएपछि भोलि १९ गते दोस्रो चरणको मतदान हुन लागेको हो।

पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए ।

सोमबार सकिएको मतगणना अनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैको पनि ५० प्रतिशत मत नआएकाले दोस्रो चरणमा बिहीबार मतदान हुन लागेको हो। अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु