December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सहिद गोविन्द गौतमको पाँचौ स्मृति : शालिकमा माल्यार्पण र बुवालाई सम्मान

मा प्रकाशित

 

हरिलाल जोशी
पुनर्वास- भारतीय अतिक्रमणको बिरोधमा प्रदर्शनका क्रममा एसएसबीको गोली लागि सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको पाँचौ स्मृति दिवस पुनर्वासमा मनाएको छ ।

बिहिबार शालिक निर्माण स्थलमै पुगेर पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा लगायतका जनप्रतिनिधिले शालिकमा माल्यार्पण गर्दै पाँचौ स्मृति मनाएको हो ।

शालिकमा माल्यार्पण पश्चात् सहिद गौतमका बुवालाई नगर प्रमुख थापाले नगद पाँच हजार र दोसल्ला सहित सम्मान गरेका थिए ।

स्मृति सभामा बोल्दै नगर प्रमुख थापाले भारतले नेपाली भुमि हस्तक्षेप गर्न खोज्दा भुमी रक्षाका लागि ज्यानै फाल्न तयार भएका सहिद गोविन्द गौतमलाई सधै भरी स्मरण गर्दै सम्मान गरिने बताए ।

देशको भुमी जोगाउन आफ्नै ज्यानको आहुती दिएका सहिद गौतमको सपना हामी सबै नेपालीले साकार पार्नुपर्ने उनको भनाई छ ।

नगरपालिकाकी कार्यपालिका सदस्य विष्णु सिग्देलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, सहिद परिवार र स्थानीयको उपस्थिति रहेको थियो ।

२०७३ फागुन २६ गते पुनर्वास नगरपालिका-४ कार्गिल डाडा सीमा नजिकै नालामा कल्वर्ट निर्माण गर्न खोज्दा विवाद चुलिएर सहिद गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए । घटना घटेको पाँच वर्ष वितिसक्दा पनि सीमा समस्या समाधान गर्न सरकार अझै अनविज्ञ देखिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु