पुनर्वास
सुदूरपश्चिमको कञ्चनपुरमा नेवार समुदायको संस्था नेवा देय दबूको दोस्रो अधिवेशनले हिरामान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गर्दै समापन भएको छ ।
आज (शनिबार ) पुनर्वासको त्रिभुवनबस्तीमा नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेको अधिवेशन बाट नेवा देय दबूको वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ , उपाध्यक्ष पुरुष शरोज कुमार श्रेष्ठ , महिला उपाध्यक्ष बिजया श्रेष्ठ , सचिव पुरुष दिपक कुमार श्रेष्ठ , सचिब महिला गंगामाया श्रेष्ठ , कोषाध्यक्ष गोबर्द्धन श्रेष्ठ चयन भएका छन ।
सदस्यहरुमा क्रमशः धनबहादुर श्रेष्ठ , लक्ष्मी श्रेष्ठ , शोभा श्रेष्ठ , बिरेन्द्र श्रेष्ठ , तोय बहादुर श्रेष्ठ , लालबहादुर प्रधान , श्याम माया श्रेष्ठ र सुर्य प्रसाद श्रेष्ठ चयन भएका छन् ।