September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलालीमा बन डढेलो ब्यबस्थापन सम्बन्धी जनचेतना सप्ताह सुरु

मा प्रकाशित

जमुना न्युरे/
कैलाली जिल्लामा बन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह मँगलबार (आज) बाट सुरु भयको छ ।

डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ ” भन्ने मुल नाराका साथ सप्ताहब्यापी रुपमा आज डिभिजन बन कार्यलय पहलमानपुरले आयोजनामा कार्यक्रम गरियको छ ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १०का वडा अध्यक्ष भिम बहादुर बमले पछिल्लो समयमा भयको बन अतिक्रमण , राजमार्गको क्षेत्रमा बढी रहेका बन अतिक्रमण ,बढी आगलागी हुने गरेको छ , चुरे क्षेत्रमा भयका बस्तिलाइ तेहि बसिराख्ने वातावरण बनाउन , चुरेको माटो सङै बन जङ्गल सरक्षण मा जोड दिनु पर्ने बताए ।
बसन्ता सरक्षित बन कार्यक्रममा अध्यक्ष पुस्कल बम ले भने गर्मीको समयमा बन जङ्गलमा पात झरेर बढी स्याउला हुने , नयाँ पालुवा पलाउने समय , खडेरीमा बढी आगलागीको जोखिम हुने भयकाले यसलाइ सबैले रोक्न र न्यूनीकरण गर्नका लागि आफ्नो जिम्मेवारी पुर्वक काम गरि दिन सबैलाई आग्रह गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै इलाका प्रहरी कार्यलय सुखडका प्रमुख लक्ष्मण शाहीले गर्मीयाम मा हुने बन जङ्गलमा , तथा राष्ट्रिय बनमा हुने आगलागी लाइ कसरी न्यूनीकरण गर्ने आगलागीबाट बर्सेनि लाखौं क्षती बहुमुल्य जडिबुटी , काठ , बन्यजन्तुको बासस्थान क्षती ,नयाँ पालुवा समेत नोक्सान हुने बताए , यसरी सामुदायिक बन , जनप्रतिनिधि , स्थानीय बासिन्दा , स्थानीय स्तरमा रहेका प्रहरी कार्यलयहरुले सहकार्य भयमा आगलागी न्यूनीकरण गरिन सकिने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले एक्लै बन कार्यलयले मात्र यस्तो कार्य गर्न नसकिने , प्राबिधिक सहयोग सामुदायिक बनहरु मा नियमित कट्नी छट्नी , अग्निरेखा निमार्ण , बन ब्यबस्थापन जस्ता कार्य आफुहरुले गरि रहेको , गर्मीयाम हुने बन तथा राष्ट्रिय बनमा हुने आगलागी यो बर्ष आफ्नो बन कार्यलय क्षेत्रमा शून्य गराउने बताए ।

“बनजङ्गलमा डढेलो लाग्नै नदिऔ , लागिहालेमा सबै मिलि तुरुन्त निभाऔ , “, हाम्रो बनलाइ डढेलोबाट हामिले नै जोगाऔ ,डढेलो बाट बनलाइ जोगाऔ , बन क्षेत्रमा जादा सलाइ ,लाइटर जस्ता प्रज्वलन सिल बस्तु नलैजाऔ , अग्निरेखाको समय समयमा मर्मत तथा सफा गरौ , बन डढेलो लगाउनेलाई समुहले कार्बाही गरौ नसके कार्बहिका लागि सम्बन्धि बन कार्यलयलाई सिफारिस गरौ भन्ने प्ले कार्ड सहित र्यालीले पहलमानपुर बजार परिक्रमा गरेका थियो ।

कार्यक्रमको सन्चालन सब डिभिजन बन कार्यलयका सुखड प्रमुख बिश्व राज पन्डितले गरेको कार्यक्रममा विभिन्न सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरु , पत्रकार , सस्तत्र प्रहरी , नेपाल प्रहरी , विभिन्न सघं सस्थाका प्रतिनिधि , जन प्रतिनिधि सहभागी रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु