April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेकपाका पुर्व केन्द्रिय सदस्य कृष्ण तामाङ काँग्रेस प्रवेश

मा प्रकाशित

कञ्चनपुर
दुई तिहाई बहुमत पाएर पनि प्रभावकारी रुपले सरकार संचालन गर्न नसकी बिभाजित नेपाल कम्युनिस्ट पार्टी त्याग गरि पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङले नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

नेकपाका पुर्व केन्द्रिय सदस्य तथा नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका उद्योगी कृष्णबहादुर तामाङले नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एवं प्रभावशाली युवा नेता एनपी सावदको उपस्थितिमा तामाङलाई (आज) बुधबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसमा भित्र्याएका हुन ।

नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवान सिंह बिष्ट , तथा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रसाद उपाध्यायको पहलमा उद्योग ब्यबसायी तथा नेकपाका पुर्व केन्द्रिय सदस्य तामाङलाई काँग्रेस प्रवेश गराइएको हो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु