April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासकाे प्यारातालमा आन्तरिक पर्यटककाे आकर्षण बढ्याे

मा प्रकाशित

जुद्ध चाैधरी/
पुनर्वास, चैत ११ । कञ्चनपुरकाे पुनर्वासमा रहेकाे प्यारा तालमा सरसफाई गरिए पछि आन्तरिक पर्यटककाे आकर्षण बढेकाे छ ।
तालमा फाेहाेर तथा जलकुम्भी नामक झारले तालकाे साैन्दर्यतामा ह्रास आएकाे थियाे । प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत तालमा भरिएका जलकुम्भी हटाउने काम भएपछि तालकाे साैन्दर्यता बढेकाे छ । प्यारातालमा अहिले टिकटक बनाउने र पिकनिक खानेहरूकाे भिड बढेकाे पुनर्वास न.पा. ९ का वडाध्यक्ष नारायण प्रसाद जैशी बताउछन । आजभोली दैनिक २ सय देखि ३ सय जना आन्तरिक पर्यटक घुम्न आउने गरेको उनी बताउँछन् । जलकुम्भी हटाउने काममा भारतीय सुरक्षा बल एसएसबीले अबराेध गर्न खाेजे पनि स्थानियकाे सक्रियतामा सरसफाई कार्यक्रमलाई निरन्तरता दिईएकाे वडाध्यक्ष नारायण जैशीले बताए ।
प्यारातालमा बिभिन्न प्रजातिका जलचर प्राणी पाईनुका साथै विश्वमा दुर्लभ मानिएकाे माछा तथा कछुवा रहेकाे जानकारहरु बताउछन । स्थानिय युवाहरुले पर्यटन प्रबर्धनका लागि डुङ्गा समेत सञ्चालनमा ल्याएका छन ।
पर्यटन प्रबर्धन तथा प्रचारप्रसार हुने उद्धेश्यले रिलायबल लाईफ ईन्साेरेन्स कम्पनी आईबिआरडी शाखाले शुक्रवार प्यारातालमा पिकनिक कार्यक्रमकाे समेत आयाेजना गरेकाे छ । पिकनिक कार्यक्रममा २६ जना अभिकर्ताहरुकाे उपस्थिति रहेकाे आईबिआरडी शाखाका प्रमुख शँकर जैशीले बताए । उक्त कार्यक्रममा धनगढी शाखाका बरिष्ठ एजेन्सी म्यानेजर थानेश्वर भट्ट,
एजेन्सी मेनेजर राजकुमारी शाही लगायतकाे सहभागिता रहेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु