April 24, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरी ४ को तरुण दल अध्यक्षमा चन्द

मा प्रकाशित

हिक्मत कुमार शाही
कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल वडा कार्य समिति गठन गरिएको छ ।

शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ४ मा एक कार्यक्रमको आयोजना गरी नेपाल तरुण दल वडा कार्य समिति गठन गरिएको हो । बेलौरी नगरपालिका वडा नम्बर ४ मा नेपाल तरुण दल वडा कार्य समितिको सभापतीमा ईश्वर बहादुर चन्द चयन भएका छन् । यस्तै उपसभापतिमा नरेन्द्र सिहँ साउँद र हिरा राना,सचिवमा सञ्जय राना र करन कार्की,सह–सचिवमा किस्मत गिरी र राम अवतार राना,कोषाध्यक्षमा लक्ष्मी राना चयन भएका छन ।

नेपाल तरुण दल वडा कार्य समितिको सदस्यमा भने २० जना चयन भएका छन । बेलौरी नगरपालिका वडा नम्बर ४ को नेपाल तरुण दल वडा कार्य समिति गठन कार्यक्रमको सभपतिमा नेपाली कांग्रेस बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा उप–सभापति नवराज कोईराला रहेका थिए । यस्तै प्रमुख अतिथिमा नेपाल तरुण दल कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रिय उप–सभापति तथा जिल्ला सदस्य राम बहादुर खड्का रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेसको अन्य भातृ संगठनका प्रमुख तथा कार्यकताहरुको उपस्थिति रहेको बताईएको छ । नव निर्वाचित तरुण दलका पदाधिकारीहरुले आउदा दिनमा पार्टीको हक हितमा आफुले सक्दो योगदान गर्ने बताएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु