April 25, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माछा मार्ने क्रममा डुबेर कञ्चनपुरमा एकजनाकाे मृत्यु

मा प्रकाशित

बेलाैरी, १५ चैत । कञ्चनपुरको बेलौरीमा खाेलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा ३८ बर्षिय रामदास रानाकाे मृत्यु भएकाे हाे ।
बेलौरी नगरपालिका वडा नम्बर ६ मा पर्ने नकैया नालामा माछा मार्ने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ६ का ३८ वर्षिय रामदाश रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताउनुभयो । घर देखि करिब ३ किलाेमिटर टाढा रहेकाे खाेलामा साथीहरू सँग माछा मार्न गएकाे र माछा मार्ने क्रममा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मृतककाे पाेष्ट मार्टमका लागि बेलाैरी स्वास्थ्य केन्द्रमा पठाईकाे र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु