April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलालीको ४ क मा काँग्रेस कार्यालय उद्घाटन

मा प्रकाशित

जमुना न्युरे कैलाली
स्थानीय तहको निर्वाचन नजिकिए संगै नेपाली काङ्ग्रेसले तल्लो तहहरुमा कार्यालय स्थापना कार्य जोडतोडले सुरु गरेको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (क )को प्रदेश कार्यालयको आज गौरीगंगा नगरपालिकाको वडा न.१ चौमालामा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा)ले एक समारोहका बिच उदघाटन गरेका हुन ।

नेपाली काङ्ग्रेस क्षेत्र ४ क को प्रदेश कार्यालय उदघाटन एवं पदाधिकारी सदस्यहरुको पदस्थापन कार्यक्रमका सभापति नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति दलबहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ( डोटेली कान्छा ) को प्रमुख अतिथि रहेका थिए । नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी विशिष्ट अतिथि रहेका थिए ।

कार्यालय उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत( डोटेली कान्छा ले पार्टीको आन्तरिक निर्वाचनको तिक्तता अन्त्य गर्दै सबैजना एक ढिक्का भएर लाग्नु पर्ने बताए । नजिकै आईरहेको स्थानीय तहमा पार्टीबाट जो साथीले पाउँदा पनि निर्वाचनम जित्नु पर्छ जिताउनु पर्छ त्यस्का लागि सवै वडाहरुबाट सहमति जुटाएर अघि बढ्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निबर्तमान सभापति दिनेशराज जोशी , नेपाली काङ्ग्रेस कैलालीका पुर्ब जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला , नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति काशीराम शर्मा, उपसभापति ज्ञानबहादुर सिंह , नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द,नेपाल महिला संघ क्षेत्र न.४ का अध्यक्ष मेनुका जोशी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस क्षेत्र न.४ क का सचिव राकेश चन्दले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु