- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खाट मुनि लुकाई राखेकाे अबस्थामा १०८ ग्राम चरेश बरामद

मा प्रकाशित

बेलाैरी, चैत २० । कञ्चनपुरकाे पुनर्वास बाट प्रहरीले खाट मुनि लुकाई राखेकाे अवस्थामा लागु अाैषध कालाे चरेश बरामद गरेकाे छ । अाईतवार शेर बहादुर बमकाे घरमा खानतलासी गर्दा १०८.४६ ग्राम चरेश बरामद भएकाे हाे ।
चैत १६ गते बेलौरीको पचुई स्थित प्रहरी चौकीमा घरेलु हिंसा सम्बन्धी उजुरी आएपछि प्रहरीले अनुसन्धान गर्दा अभियुक्तबाट ९.६१ ग्राम चरेस फेला पारेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय बैलौरीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गर्दै जाँदा पुनर्वास नगरपालिका वडा नम्बर १ बस्ने शेर बहादुर बमको पसलसँगै घर कोठामा नियमानुसार खानतलासी गर्दा खाटको घर्रामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेश जस्तो कालो पदार्थ १०८.४६ ग्राम फेला परेको ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक कमल कुमार खड्काले बताउनु भयाे ।

- विज्ञापन -

लागू औषधको कारोबार गर्ने गरेको आरोपमा बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । यसअघि यही माघ १५ गते साँझ कञ्चनपुरको बेलौरीबाट २२ किलोग्राम बढी चरेस बरामद गरेको प्रहरीले उक्त घटनासँग समेत सम्बन्ध हुन सक्ने भन्दै अनुसन्धानलाई विशेष प्राथमिकता दिएको छ ।

 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु