September 11, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धन निर्णयले निम्त्यायो कञ्चनपुरमा काँग्रेस भित्र कलह

मा प्रकाशित

दीपेन्द्र बस्नेत
कञ्चनपुर
सत्तारुढ पाँच दल बिच गठबन्धन गरेर चुनावमा जाने केन्द्रमा बनेको सहमति अस्विकार गर्दै सुदूरपश्चिमको कञ्चनपुरमा नेपाली काँग्रेसले एक्लै निर्वाचनमा होमिने उद्घोष सहित गठबन्धनका बिरोध चर्किन थालेका छन् ।

यद्यपि नेपाली काँग्रेस सहितका सत्तारुढ दलका जिल्लाका कार्य समितिले गठबन्धन गरेर निर्वाचनमा होमिने सहमती गरे पनि पालिका स्तरमा भने तालमेलको बिरोध गरिएको छ ।
सुरुमा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी नगरपालिका र लालझाडी बाट गठबन्धन विरुद्ध उठाइएको आवाजले अहिले जिल्ला भर तरंग पैदा गराएको छ ।

कञ्चनपुरको सदरमुकाम स्थित भिमदत्त नगरपालिका गठबन्धन अस्विकार गर्ने नेपाली काँग्रेस भिमदत्त नगर कार्य समितिले निर्णय गरेको छ ।
नेपाली काँग्रेस भिमदत्त नगर कार्य समितिका सभापति अच्युत कलौनी भन्छन् भिमदत्त नगरपालिकामा कांग्रेस आफैमा बलियो छ, चुनावमा होमिन एक्लै सक्षम छौँ यस्तो अबस्थामा गठबन्धन आबश्यक छैन । सभापती कलौनीले भने ‘गठबन्धन गर्दा कांग्रसी माथि घात हुन्छ, पार्टीलाई दिर्घकालमा कमजोर बनाउन दिदैनौँ ।’

नगर कमिटिको निर्णय पार्टीका माथिल्ला समितिले नमाने पार्टी भित्रै विद्रोह गर्ने उनले बताए ।
कञ्चनपुरको दक्षिणी भेगमा रहेको निर्वाचन क्षेत्र १ का पालिकाहरुमा समेत गठबन्धनको निर्णयको नेपाली काँग्रेसका नेता कार्यकर्ताले बिरोध गरेका छन् ।
नेपाली काँग्रेस पुनर्वासका छाया सरकार प्रमुख महाधिवेशन प्रतिनिधि एवं मेयर पदका आकांक्षी तोय प्रसाद शर्मा भन्छन् पुनर्वासमा गठबन्धनको आबश्यकता छैन । उनी भन्छन् काँग्रेस बलियो भएको अबस्थामा गठबन्धन चाहिएको छैन । गठबन्धनको निर्णयले काँग्रेसका मतदाता समेत रुष्ट छन ।त्यसकारण तालमेल गर्ने नगर्ने निर्णय गर्ने अधिकार स्थानीय पालिकालाई नै दिन पर्ने उनी बताउछन् ।
पुनर्वासमा गठबन्धन विरुद्ध काँग्रेसका कार्यकर्ता र शुभचिन्तकहरुले बिरोध गरिरहेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु