कञ्चनपुर
पुनर्वास नगर पालिका ९ नम्बर वडा कार्यलयले शारीरिक अशक्त ब्यक्तिहरुलाई ह्विल चियर लगायतका सामाग्री बितरण गरेको छ ।
बिहिवार वडा कार्यालयमा आयोजित कार्यक्रममा आरनको सामान १३ जनालाई , वडाका ८ वटा महिला बिकास समुहलाई स्टेसनरी सामान र ४ जना शारीरिक अशक्तता भएका ब्यक्तिहरुलाई ह्वील चियर बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख जीवनराज थापा र वडा अध्यक्ष नारायण प्रसाद जैसीले उक्त सामाग्रीहरु बितरण गरेका थिए ।
वडामा सडक , विद्युतिकरण लगायतका बिकासका काममा चासो र सक्रियता देखाएको वडा अध्यक्ष जैसीले बताए । आफ्नो कार्यकालमा सडक निर्माण देखि स्तरोन्नतिका काम बिगतको तुलनामा बढी भएको उनले बताए ।