- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर क्षेत्र नम्बर १ मा स्थानीय निर्वाचन एक्लै लड्ने कांग्रेसको निर्णय

मा प्रकाशित

कञ्चनपुर : नेपाली कांग्रेसले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कञ्चनपुरमा भने उक्त निर्णय कार्यान्वयन नहुने सङ्केत देखिएको छ ।

नेपाली काँग्रेस कञ्चनपुर प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

- विज्ञापन -

स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरेको क्षेत्रीय सचिव विसराम रानाले बताए ।

सचिव राना र सभापति गोपी प्रसाद उपाध्यायद्वारा जारी गरिएको बिज्ञप्तिमा पनि गठबन्धन नगर्न अनुरोध गरिएको छ । यहाँका सबै स्थानीय तहले गठबन्धन नगर्ने भनेपछि हामीले यस्तो निर्णय गरेका हौँ सभापति उपाध्यायले भने अब यहाँ चुनाबी गठबन्धन हुँदैन । क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह पर्छ ।

बेलौरी नगरपालिका,पुर्नवास नगरपालिका, बेलडाडि गाउँपालिका र लालझाडी नगरपालिका पर्छन् । ती सबै स्थानीय तहका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको उनले बताए ।उनीहरूको माग अनुसार आफूहरुले निर्णय गरेको उनको भनाइ छ ।

May be an image of text

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु