April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुक्लाफाँटाका युवा भन्छन्–मेयरको उम्मेदवार रमेश भट्ट बन्नुपर्छ, पार्टी नभनेर जिताउँछौँ

मा प्रकाशित

कञ्चनपुर : नेकपा एमाले शुक्लाफाँटाले स्थानीय तहको निर्वाचनमा पार्टीबाट मेयर र उपमेयरका आकाङ्क्षीको नाम सिफारिस गरिसकेको छ ।
जसमा मेयरका लागि युवा नेता रमेश भट्ट पनि सिफारिस भएका छन् । सिफारिसमध्ये मेयरमा रमेश भट्टले टिकट पाउने सम्भावना बढी रहेको छ ।स्थानीयमाँझ घुलमिल भएका, युवा जोस र जाँगर,हस्पिटालिटी म्यानेजमेन्टमा स्नातकोत्तर टपर, सबैलाई मिलाएर लिने क्षमता भट्टमा भएका कारण मेयरको टिकट उनले पाउने आकलन गरिएको छ ।
युवामाँझ लोकप्रिय युवा नेता भट्टको नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएसँगै उक्त क्षेत्रका युवामाझ खुसीको सञ्चार छाएको छ ।मेयरमा भट्टले टिकट पाएमा पार्टी नहेरेर भट्टलाई सघाउने युवाहरूको भनाई छ । शुक्लाफाँटा–१ का विष्णु पन्तले नेतृत्वमा भट्टजस्ता युवाहरू आउनुपर्ने बताए । शिक्षा, स्वास्थ्य,रोजगार ,कृषि,खेल लगायतका विषयमा स्पष्ट खाका सहित जनता माझ आउनु पर्ने बताए।
शुक्लाफाँटा–११ का हरि विष्टले भने, ‘चुनावमा हाम्रा भन्दा राम्रालाई जिताउनुपर्छ । यो चुनावमा भट्ट युवाका मात्रै नभएर सबैका साझा उम्मेदवार बन्न सक्छन् । नगरलाई विकास गर्ने क्षमता उहाँमा छ । हामी सबै उहाँलाई जिताउन लाग्नेछौँ ।’
शुक्लाफाँटा–५ हरिश चन्द मेयरमा भट्टको विकल्प नभएको दाबी गर्दै भन्छन्, ‘युवादेखि वृद्धवृद्धामाँझ लोकप्रिय, सबैसँग मिल्न र सबैका कुरा सुन्ने र समाधान गर्ने क्षमता भट्टमा छ । त्यस कारण उहाँ चुनावमा लड्नुभयो भने हामी ज्यान लागेर जिताउन लाग्नेछौँ ।’
शुक्लाफाँटा नगरपालिका–६ का अर्जुन धामी भट्टको नाम सिफारिस भएकोमा खुसी व्यक्त गर्दै उनी नै मेयर बन्नेमा आशावादी छन् । उनले भनेका छन्, ‘हाम्रो नगरपालिकाले यस पटक आशालाग्दा मेयर पाउँदैछ । योग्यता, क्षमता, शिक्षित युवा मेयर पाउनु खुसी र सुनौलो अवसर हो । पार्टीले यस्ता युवालाई उम्मेदवार बनाउन र मतदाताले मत हालेर जिताउन दुई पटक सोच्न पर्दैन ।’
हाल बेलायतमा बस्दै आएका शुक्लाफाँटा–७ का उपेन्द्र बडू नगरमै युवालाई रोजगारी दिलाउनका लागि भट्टजस्ता युवा नेता नेतृत्वमा आउनुपर्ने बताउँछन् ।
शुक्लाफाँटा–७ कै शेर  धामी पार्टी नभनेर भट्टलाई मेयरमा जिताउनुपर्ने बताउँछन् ।  उनी भन्छन्, ‘पार्टी आफ्नो ठाउँमा छ, म उहाँलाई व्यक्तिगत हिसाबले चिन्दैन पनि, तर नगरको विकासका लागि भट्टजस्ता युवा राजनीतिमा आउनुपर्छ र हामीले जिताउनुपर्छ । यस्ता युवाले नजिते नगर फेरि १० वर्ष विकासमा पछाडि धकेलिन्छ ।’
भट्टको नाम मेयरका लागि सिफारिस भएपछि शुक्लाफाँटाका युवाहरू उनले नै टिकट पाउनेमा आशावादी छन् । साथै, अन्य पार्टीमा आस्थावान् युवाहरू पनि नगरको विकासका लागि युवा नेता भट्टलाई समर्थन गर्ने बताउन थालेका छन् ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु