April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

एमालेले शुक्लाफाँटामा बनाउँला त ३१ वर्षीय युवालाई मेयरको उम्मेदवार ?

मा प्रकाशित

कञ्चनपुर : नेकपा एमाले शुक्लाफाँटा नगर कमिटीले स्थानीय तहको निर्वाचनमा पार्टीबाट मेयर र उपमेयरका आकाङ्क्षीको नाम सिफारिस गरिसकेको छ ।
जसमा मेयरका लागि युवा नेता रमेश भट्ट पनि सिफारिस भएका छन् । भट्ट ३१ वर्षीय युवा हुन् । जसका कारण शुक्लाफाँटामा धेरैको चासोको विषय बनेको छ, ‘ एमालेले शुक्लाफाँटामा बनाउँला त ३१ वर्षे युवालाई मेयरको उम्मेदवार ?’
यो प्रश्नको जवाफ पाउन त्यति सजिलो छैन । त्यसका लागि केही दिन कुर्नैपर्ने हुन्छ । तर, एमालेले शुक्लाफाँटामा ३१ वर्षे युवा भट्टलाई मेयरको उम्मेदवार बनायो भने चुनाव जित्न सहज हुने आङ्कलन गरिएको छ ।
एमालेले शुक्लाफाँटामा ३१ वर्षे युवा भट्टलाई मेयरको उम्मेदवार बनायो भने चुनाव जित्न सहज हुने विभिन्न कारण रहेका छन् ।
मेयरमा सिफारिस भट्ट स्थानीयमाँझ घुलमिल भएका, युवा जोस र जाँगर, हस्पिटालिटी म्यानेजमेन्टमा स्नातकोत्तर टपर, सबैलाई मिलाएर लिने क्षमता भएका युवा हुन् ।
पछिल्लो समय पार्टीले मात्रै हैन, आम मतदाताले पनि पुस्तान्तरणको कुरालाई अगाडि सार्दै आएका छन् । युवामाझ लोकप्रिय युवा नेता भट्टको नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएसँगै उक्त क्षेत्रका युवामाझ खुसीको सञ्चार छाएको छ । मेयरमा भट्टले टिकट पाएमा पार्टी नहेरेर भट्टलाई सघाउने युवाहरू बताउन थालिसकेका छन् ।
त्यस्तै, शुक्लाफाँटामा यो निर्वाचनमा करिब ५ हजार नयाँ मतदाता थपिएका छन् । ती थपिएका अधिकांश मतदाता युवा हुन् । पुस्तान्तरणको विषयले प्राथमिकता पाइरहेको बेला युवा नेता भट्टमाथि नयाँ थपिएका युवा मतदाताले विश्वास गर्न सक्छन् ।
उक्त नगरपालिकामा गत निर्वाचनमा एमालेले उपप्रमुख जित्दा प्रमुखमा हार व्यहोरेको थियो । एमालेलाई १ हजार मतले पछि पार्दै काँग्रेसका उम्मेदवार विजयी भएका थिए । यस पटक सबैले रुचाएका उम्मेदवार एमालेले बनाएमा गत निर्वाचनमा व्यहोरेको हारको बदला लिने अवसर छ ।
पुस्तान्तरणको बहस युवासँगै आम मतदाताको चाहना छ । सबैले युवा नेतृत्व खोजिरहेको अवस्थामा परेको युवा नेतृत्व एमालेको रोजाइमा पर्ला कि नपर्ला रु सबैको चासोको विषय भएको छ ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु