April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासका पाका एमाले नेता विश्वकर्माद्वारा पार्टी परित्याग

मा प्रकाशित

कञ्चनपुर: २०३२ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका पुनर्वासका पाका एमाले नेता तथा उद्योगी वीरबल विश्वकर्माले पार्टी  परित्याग गरेका छन् ।
विगत केही समय यता पार्टीमा देखिएको गुटगत ध्रुवीकरण, चाकडी प्रवृत्ति र सीमित व्यक्तिहरूको चंगुल हाबी हुँदै गएको र त्यस्ता प्रवित्तिकारहरुनै पुरस्कृत हुने, सङ्गठनले संरक्षण गर्ने जस्ता परिपाटीले सङ्गठनको सिद्धान्तमा अडिग योद्धा कमरेडहरूको औचित्य समाप्त हुँदै गइरहेको हुँदा आजैको मितिबाट नेकपा एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन् ।
२०३२ सालमा नेकपा मसालमा आबद्ध भई २०४६ साल माले हुँदै २०४८ साल देखि निरन्तर नेकपा एमाले पार्टीमा आबद्ध भई पार्टीको टोल कमिटी देखि प्रदेश कमिटी सम्म सङ्गठनले दिएको जिम्मेदारीलाई मैले सत्यपूर्वक निर्वाह गर्दै आइरहेको र शोषित, उत्पीडित, सर्वहारा वर्गको नेतृत्व गर्ने प्रगतिशील सङ्गठन नेकपा एमालेमा जीवनको उर्वर समय समर्पण गर्दै राजनीतिमा सक्रिय रहेका थिए ।
दलित समुदायको बहुल्यता भएको सुदूरपश्चिम प्रदेश हाल स्थानीय तहको निर्वाचनको टिकट वितरणमा पार्टीको समावेशी नीति विपरीत दलित समुदायलाई उपेक्षा गरेको ठहर गर्दै सिङ्गो उत्पीडित, सर्वहारा तथा दलित समुदाय यस सङ्गठनमा बसिरहन कुनै औचित्य नदेखिएको र उत्पीडित, सर्वहारा तथा दलित समुदायको हक अधिकार सुनिश्चित गर्नाका निमित्त आगामी दिनहरूमा एकजुट हुन समेत अनुरोध गरेका छन् ।
No description available.
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु