April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माओबादी केन्द्रका जिल्ला कमिटी सदस्य मिना बिष्ट सहित ७० जना एमाले प्रबेश

मा प्रकाशित

 

पुनर्वास, बैशाख १४ । कञ्चनपुरकाे पुनर्वासमा नेकपा एमालेकाे चुनाबी प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । बुधवार पुनर्वास २ शहिद भवनमा सम्पन्न भेला सम्पन्न भएकाे हाे ।
नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मिना बिष्ट, बुच्चन तामाङ्ग, नेकपा माओवादी पुनर्वास नगरपालिका वार्ड नं. ७ का अध्यक्ष जनक चाैधरी लगायत ७० जना नेकपा एमाले प्रबेश गरेकाे नेकपा एमालेका बरिष्ठ नेता बीर बहादुर थापाले जानकारी गराउनु भयाे । कार्यक्रममा बाेल्दै बीर बहादुर थापाले सम्पुर्ण पालिका अत्यधिक मतले बिजय गराउन चुनाबि प्रचार प्रसारमा लाग्न नेता कार्यकर्तालाई अनुराेध गरेका छन । चुनावमा अन्तर्घात भए त्यस्ता ब्यक्तिलाई कार्बाहि गरिने उनले बताए । भेलालाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सम्बाेधन गर्दै कार्यकर्तालाई पार्टिलाई जिताउन एकजुट भएर लाग्न आह्वान गरेका छन ।
कार्यक्रममा नेकपा एमालेले बाट मेयरका उमेद्वार पदम पुजाराले आफुले पाएकाे तलब सुबिधा बाट ५०% रकम बिपन्न बिद्यार्थीलाई छात्रबृती बितरण गरिने बताउनु भयाे । खेलकुद बिकासका लागि खेलमैदान तथा निशुल्क प्रशिक्षण समेत दिईने बताए । त्यसैगरी निशुल्क स्वास्थ्य, शुद्ध खानेपानिकाे बिस्तार, सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने बताउनु भयाे । बृद्ध बिरामीका लागि नगरपालिका बाट निशुल्क एम्बुलेन्स सेवा सुचारू गरिने प्रतिबद्धता जनाउनु भयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु