September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ मा जिल्ला भरमै सबैभन्दा बढी आदिवासी जनजातिलाई काँग्रेसको टिकट

मा प्रकाशित

 

कञ्चनपुर
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै होमिएको नेपाली काँग्रेसले क्षेत्र नम्बर १ मा थारु र तामाङ समुदायबाट २१ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।

नेपाली काँग्रेसको राजनीतिक इतिहासमै पहिलोपटक आदिवासी जनजाति समुदायलाई स्थानीय तहका जिम्मेवार पदहरुमा क्षेत्र नम्बर १ मा अघि सारेको हो ।

नेपाली काँग्रेसले कञ्चनपुरको क्षेत्र नम्बर १ मा थारु समुदायबाट पालिका प्रमुखमा बेल्डाँडीमा हरिश्चन्द्र राना , लालझाडीमा पालिका प्रमुखमा श्रीकृष्ण राना , उप प्रमुखमा राधा राना र पुनर्वासमा उपप्रमुख भुलिया रानालाई उम्मेदवार बनाएको छ ।

वडा अध्यक्ष पदमा १७ जना थारु समुदायबाट उम्मेदवार बनाएको छ ।
त्यसै गरि तामाङ समुदायबाट ३ जना र नेवार समुदायबाट १ जनालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

कञ्चनपुरको क्षेत्र नम्बर १ मा वडा अध्यक्षमा ४ जना महिला हरुलाई टिकट दिएर नेपाली काँग्रेसले आफ्नो राजनीतिमा महिलाहरुको पहुँच स्थापित गरेको छ । यसै गरि क्षेत्र भरी दलित समुदायको आरक्षण कोटाबाट  ३२ र २ खुलाबाट गरि दलित समुदायबाट ३४ जनालाई टिकट दिएको छ ।

यस अघि काँग्रेस राजनीतिमा राना थारु समुदायको उपस्थिति रहे पनि चौधरी समुदायको उपस्थिति थिएन । पछिल्लो समय यता कञ्चनपुरको क्षेत्र नम्बर १ मा राना थारु , चौधरी र तामाङ समुदायको काँग्रेस प्रति आकर्षण बढेको छ ।

थारु समुदायबाट १८ जना , तामाङ समुदायबाट ३ जना वडा अध्यक्षका उम्मेदवार बनाएको छ । पालिका उप प्रमुख पदहरुमा महिला ४ जना , वडा अध्यक्षमा ४ जना महिला हरुलाई टिकट दिएको छ । यसै गरि क्षेत्र भरी दलित समुदायबाट ३४ जनालाई टिकट दिएको छ ।

विपी कोइरालाको समाजवादी चिन्तन बोकेको नेपाली काँग्रेसले यसपटक कञ्चनपुरको क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति थारू , तामाङ र नेवार समुदायको उपस्थिति दरिलो गरि देखाएको काँग्रेस नेता दिवान बिष्टले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु