April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

वडाध्यक्ष साईतुले बाख्रा अनुदानमा बिबाद ल्याएर जनतामा भ्रम फैलाएकाे आराेप

मा प्रकाशित

बेलाैरी, बैशाख २३ । कञ्चनपुरकाे बेलाैरी नगरपालिका वार्ड  नं. ५ का निवर्तमान वडाध्यक्ष साईतु कुमार चाैधरीले बाख्रा अनुदानमा सुनियाेजित तरिकाले बिबाद ल्याएर वडाबासीमा भ्रम फैलाएकाे पाेतिलाल चाैधरीले बताएका छन । शुक्रवार पत्रकार सम्मेलन गरी निवर्तमान नगरप्रमुख पाेतीलालले साे कुरा बताएका हुन ।
कृषी ज्ञान केन्द्र कञ्चनपुरले नमुना कृषि तथा पशुपँक्षी बिकास कार्यक्रम अन्तर्गत बेलाैरीकाे वार्ड नं. ५ मा बाख्रा पालन अनुदानका लागि छनाैट गरेकाे थियाे । परम्परागत रुपमा बाख्रा पालन गर्दै आएका , नयाँ कृषक तथा अन्य अनुदान नलिएका किसानका लागि वडा कार्यालय मार्फत कृषककाे नामावली माग गरिएकाे थियाे । वडाध्यक्ष साईतु चाैधरीले नामावली छनाैटमा नै बिबाद आउने गरी छनाैट गरेकाे निवर्तमान नगरप्रमुख पाेतीलाल चाैधरी बताउछन । सुनियोजित तरिकाले चुनाव लक्षित गरी जनतामा भ्रम फैलाएर आफ्नाे पार्टीलाई नै कमजाेर बनाउन लागेकाे उनकाे आराेप छ । नामावली छनाैटमा आफुले आफ्नाे श्रीमतीकाे नाम नराख्न भन्दा समेत राखेकाे र बाहिर गलत प्रचार गर्दै हिडेकाे पाेतीलाल बताउछन । साईतुले आर्थिक बर्ष सकिन लाग्दा समेत बाख्रा पालन अनुदान कार्यक्रम लाई पुर्णता दिन सकेका छैनन् ।  निवर्तमान वडाध्यक्ष साईतु कुमार चाैधरी नेकपा माओवादी  केन्द्र बाट २०७४ काे स्थानिय चुनावमा बेलाैरी नगरपालिकाकाे वार्ड नं. ५ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । आसन्न निर्वाचनमा पुन: वडाध्यक्षका लागि माओवादी बाट टिकट नपाए पछि साईतु कुमार चाैधरी एमाले प्रबेश गरेका थिए ।
नगरपालिकाकाे बिभन्न विकास निर्माणकाे याेजनामा समेत अनावश्यक बहाना बनाई बारम्बार अबराेध ल्याएरकाे पाेतीलाल चाैधरीले बताए । साईतु कुमार चाैधरी भने कृषककाे नामावली छनाैट गर्दा आफु बिदामा रहेकाले कार्यबाहक ताेकिएका कृपा रानाले छनाैट गरेकाे भनि पञ्छिन खाेजेका छन । यसै मुद्दालाई साईतु चाैधरीले आफ्नाे चुनावी हतियार बनाएकाे आराेप लागेकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु