April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

स्थानीय निर्वाचन अपडेट: कञ्चनपुर १ को बेल्डाँडीमा काँग्रेस , बेलौरीमा माओवादी , लालझाडीमा एमालेको अग्रता

मा प्रकाशित

 

कञ्चनपुर
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना चालू ३ पालिकाहरुमा प्रमुख ३ दल एमाले , नेपाली काँग्रेस र माओवादी केन्द्रले अग्रता लिइ रहेको प्राप्त मत परिणामले जनाएको छ ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार बेलौरीमा प्रमुख पदमा माओवादी केन्द्रका पोतिलाल चौधरीले २५२४ मत ल्याएर अग्रता लिइरहेका छन । उप प्रमुखमा माओवादी केन्द्रकी मञ्जु शाहले ३०४० मत ल्याएर अग्रता लिइ रहेकी छन् । प्रमुख पदमा एमालेकी कमला बोहराले २३४१ मतका साथ माओवादी उम्मेदवारलाई पछ्याइ रहेकी छन् । उप प्रमुखमा एमालेका जोगराम चौधरीले २०८३ मत ल्याएर पछ्याइरहेका छन् । प्रमुख पदमा नेपाली काँग्रेसका हरेन्द्र सिह बिष्टले १५७५ र उप प्रमुखमा खिना भण्डारी कुँवरले १३९९ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन् ।

बेल्डाँडी गाउँ पालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका हरिश्चन्द्र राना २२९८ मतका साथ अग्रता लिइ रहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति नाथले २२३४ मतका साथ अग्रता कायम राखेकी छन् । बेल्डाँडीमा प्रमुखमा एमालेका अक्कल बिष्टले १५९८ र उप प्रमुखमा फुलदेवी रानाले १८६० मत ल्याएर पछ्याइ रहेका छन् । बेल्डाँडीमा प्रमुख पदमा ईश्वरीदत्त भट्ट ६९३ र उप प्रमुखमा कल्पना गिरीले ४३२ मत ल्याएर प्रतिस्पर्धामा रहेका छन् ।

लालझाडीमा प्रमुख पदका एमालेका उम्मेदवार निर्मल राना १८५३ उप प्रमुख उम्मेदवार सपना राना चौधरीले १५०१ मत ल्याएर अग्रता लिई रहेका छन् । प्रमुख पदका उम्मेदवार माओवादीका मदनसेन बडायकले १२७७ र उपप्रमुख सत्यदेवी महराले १२०५ मतका साथ पछ्याइरहेका छन् ।
लालझाडीमा सुरुमा अग्रता लिएको नेपाली काँग्रेसका उम्मेदवारहरु भने पछिल्लो मत परिणाम अनुसार तेस्रो स्थानमा झरेका छन । प्रमुख पदका काँग्रेस उम्मेदवार श्रीकृष्ण रानाले १२३१ उपप्रमुख राधा राना १६६७ मतका साथ प्रतिस्पर्धा गरि रहेका छन्

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु