September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेल्डाँडीमा काँग्रेसले ३० वर्ष पछि फर्कायो गुमेको गढ

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली काँग्रेसले गुमेको गढ ३० वर्ष पछि फिर्ता लिएको छ । आज सोमबार केही बेर अघि सार्वजनिक मतपरिणाम अनुसार बेल्डाँडीमा नेपाली काँग्रेसले प्रमुख उपप्रमुख सहित ३ वडामा प्यानलै जित हात पारेको छ ।

२०४९ को निर्वाचन पछि कम्युनिस्टमय बनेको बेल्डाँडी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित जित हात पार्न काँग्रेसलाई ३० वर्ष लाग्यो ।
बेल्डाँडी गाउँपालिकामा १, २ , ३ , र ५ वडामा नेपाली काँग्रेसले पुरै प्यानल सहित जित हात पारेको छ ।
पालिका प्रमुख पदमा काँग्रेस जिल्ला उपसभापति समेत रहेका हरिश्चन्द्र राना ४१०३ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका अक्कल बहादुर बिष्टले २३०१ मत ल्याएर दोश्रो स्थानमा रहेका छन । माओवादीका ईश्वरी दत्त भट्टले १७६३ मत ल्याएर तेस्रो बनेका छन ।

उप प्रमुखमा नेपाली काँग्रेसकी नेतृ शान्ती नाथले ३६७३ मत ल्याएर बिजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्दी एमालेका फुल देवि रानाले ३२२७ मत ल्याएर दोस्रो र नेकपा माओवादीका कल्पना गिरी ९७१ मत ल्याएर तेस्रो बनेका छन ।

बेल्डाँडीको वडा नं १ मा कांग्रेसका गज बहादुर बिष्ट , २ मा काँग्रेसका नारद सिह उर्यालकाे पुरै प्यानल सहित , ३ मा कांग्रेसका दुर्गा प्रसाद चौधरी ,५ मा कांग्रेसका ईन्द्र बहादुर खडका विजयी भएका छन ।
४ मा एमालेका वीर बहादुर खडका विजयी भएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु